Gilr found deadजनबोली/१ पागुन, महोत्तरी । महोत्तरीको मेघनाथ गोरहन्ना गाविसमा बिहीबार साँझ झुन्डिएको अवस्थामा एक युवतीको शव बरामद भएको छ ।

मेघनाथ गोरहन्ना– १ स्थित वनमा कदमको रुखमा झुन्डिएको अवस्थामा स्थानीय भिषण सदाकी १६ वर्षीया छोरी सदिया सदाको शव बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बुधबार साँझ ७ बजेदेखि अचानक घरबाट गायब भएकी युवती सदाको शव घर नजिकैको वनमा रहेको कदमको रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक नरेश महतोले बताए।

युवती सदाको मृत्युको घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।

सम्बन्धित खबरहरु