school studentजनबोली/१ फागुन, कञ्चनपुर । आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययनबाट वञ्चित रहँदै आएका छात्रछात्रालाई सिर्जनशील बचत तथा ऋण सहकारी संस्था झलारीले कर्जा दिने व्यवस्था गरेको छ ।

विद्यालयमा पढ्नबाट कोही पनि वञ्चित नहोउन् भन्ने उद्देश्यले पहिलो पटक सहकारीले शिक्षाका लागि कर्जा प्रदान गर्ने व्यवस्था गरेको हो ।

हालसम्म विपन्न परिवारका सात जना छात्रालाई उच्च शिक्षा अध्ययनका लागि कर्जा प्रदान गरिएको सहकारीका सचिव मदराज भट्टले बताए ।

विद्यालयका लागि आवश्यक पर्ने कापी कलम, झोला, किताब पोसाक खरिद, विद्यालयको मासिक र भर्ना शुल्क तिर्नका लागि ऋण प्रदान गरिएको सचिव भट्टले बताए ।

रु तीन लाखभन्दा बढी रकम शिक्षा कर्जाबापत प्रदान गरिसकेका छौँ” उनले भने । विपन्न, जनजाति र दलित परिवारका छात्रछात्रालाई पहिलो प्राथमिकतामा राखेर कर्जा उपलब्ध गराउने सहकारीले नियम बनाएको छ ।

शिक्षा कर्जामा सहकारीले वार्षिक १६ प्रतिशत ब्याज लिने गरेको छ । आर्थिक अभावले बीचमै विद्यालय छाड्नुपर्ने अवस्था आएको थियो रुक्मिणी भट्टले भनिन्, “सहकारीबाट कर्जा पाए पछि उच्च शिक्षाको पढाइलाई निरन्तरता दिन सकिएको छ ।”

यसैगरी सहकारीले आबद्ध सदस्यलाई दैवीप्रकोप र आपत्विपद्का बेला सघाउ पुर्याउनका लागि आकस्मिक कोषसमेत स्थापना गरेको छ । कोषबाट सहकारीका सदस्यले २० दिनका लागि बिना ब्याज रकम लग्न पाउने र त्यस पछिको समयका लागि ब्याज तिर्नुपर्ने छ ।

विसं २०६५ मा २५ जना उत्साही युवाको सक्रियतामा स्थापना गरिएको सहकारीमा एक हजार ७०० जना सदस्य रहेका छन् सहकारीको सयेर पुँजी रु एक करोड रहेको छ ।

सम्बन्धित खबरहरु