Himsha pidit mahilaजनबोली/१ फागुन, विरगन्ज । पर्साको नगरदाहा गाविसमा घरेलु हिंसामा परेकी एक महिलालाई घरमा नै पुनःस्थापित गरिएको छ ।

नगरदाहा गाविस–२ बस्ने सेतु पडितकी बुहारी एवम् रामसुरत पडितकी श्रीमतीलाई जिल्ला महिला अधिकार मञ्चको पहलमा पुनःस्थापित गरिएको हो ।

घरेलु हिंसामा परेकी महिला आफ्नो माइती बस्दै आएको र न्याय खोज्दै माघ २३ गते जिल्ला महिला अधिकार मञ्चमा निवेदन दिएपछि मञ्च, राष्ट्रिय महिला अधिकार मञ्च र दिव्य युवा क्लबका प्रतिनिधिले दुवै पक्षलाई बसाएर छलफल गरी आगामी दिनमा घरेलु हिंसा नगर्ने शर्तमा ती महिलालाई पुनःस्थापित गरिएको दिव्य युवा क्लबका उमेशकुमार महतोले बताए ।

सम्बन्धित खबरहरु