rama singh१ फागुन, डिसी । सञ्चार क्षेत्रमा झन्डै ३ दशक लामो समय व्यतित गरी सकेकी सञ्चारकर्मी रमा सिंहले एनआरएन अमेरिकाको अध्यक्ष पदका प्रत्यासी भएको घोषणा गरेकि छिन् ।

अध्यक्षमा आफ्नो उम्मेदवारी दिएको प्रष्ट पार्दै एनआरएनको निर्वाचनमा गणितीय खेलले कतिको प्रभाव पार्दछ भन्ने जिज्ञाशामा उहाँले भन्नुभयो, ‘त्यो खेलसंग मलाई डर लाग्दैन । किनभने म एक झुझारू तथा आटिली महिला पनि हुँ ​र ​म मा आत्माविश्वास छ ।’

उम्मेदवार हुनेले अग्रिम रुपमा आफ्ना मतको गुणा भाग गरी उम्मेदवारी दिने गरेको हुने भन्दै उनले गणितीय खेलद्वारा पराजित हुने भन्ने दुर्बल मानसिकता लिएर आफू नहिडेको बताईन्। उनले मतदाताले विवेक प्रयोग गरेर आफूलाई मतदान गर्ने बताईन् ।

‘म एक महिला उम्मेदवार भएको नाताले मलाई जिताउनु हुने छ भन्ने पूर्णआशावादी रहेको छु । नेपालमा सञ्चार तथा खेलकुद क्षेत्रमा नेतृत्व दिई सकेको हुनाले अलिकति भए पनि यसबारे म सचेत छु । अब अमेरिकामा बुद्धिजीवी वर्गले राजनैतिक आस्था भएका उम्मेदवारप्रति झुकाव राख्नु हुन्न होला भन्ने मलाई लागेको छ । किनभने हामी यहा समाज सेवा गर्न उम्मेदवारी दिएका हौ ।’

योगदान बारेमा चर्चा गर्दा
आफैले गरेको योगदानबारेमा चर्चा गर्दा आफ्नो बढाई आफैले गरे जस्तो हुने हुनाले समाज सेवा त समुदायले मुल्यांकन गर्ने हो । विदेशी माटोमा पनि संस्कृति, कला, परम्परा तथा संस्कारलाई सम्बर्धन तथा प्रवर्धन होस् भन्ने हेतुले अमेरिका नेपाल टेलिभिजनको स्थापना गरी समाज सेवा पनि गरेको छु ।

अध्यक्ष पदका प्रत्यासीका ​प्राथमिकतामा परेका मुख्य मुद्धाहरु​ ​यस्ता छन्
पहिलो तीन वटा प्राथमिकतामा परेका मुख्य मुद्धाहरु क्रमश पहिलो, एनआरएन धनाढयहरुको संस्था भनि छाप लागेको छ र धनिहरुले मात्र यो संस्थाको प्रतिनिधित्व गर्छन भन्ने आम जन मानसमा परेको छ । वास्तविकतामा त्यो    हैन । मध्यम वर्गले पनि नेतृत्व प्रदान गर्न सक्छ । र, यो संस्थाले सबै वर्गको लागि हो । सबैको प्रतिनिधित्व हुने संस्था भन्ने मैले बुझेकोले त्यो बुझाउने र सचेतना गर्ने मेरो लक्ष्य रहेको हो ।

दोश्रो ,अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका मातापिताले स्थाई आवासीय पत्र (हरियो पत्र) प्राप्त गरे पछि अमेरिकन सरकारले १ वर्षसम्म भित्र अमेरिका आउनु पर्ने कानुन बनाई दिएकोले बुढाबुढीलाई अप्ठ्यारो पर्ने अवस्था भएकोले कम्तिमा ५ वर्षसम्म त्यो समय बढाउन पहल गर्ने ।

तेश्रो, अमेरिका पढ्न आएका विद्यार्थीले वार्षिक रुपमा सामाजिक सुरक्षा कर, सरकारी कर तथा चिकित्सा कर तिर्नुपर्ने भएकोले चिकित्सा कर बाहेक विद्यार्थी नेपाल फर्कनु अगाडि त्यो पैसा फिर्ता पाउनु पर्छ भन्ने एनआरएनको तर्फबाट सम्बन्धित निकायसंग वार्ताको पहल गर्ने ।यसका अतिरिक्त एनआरएन सदस्यता पत्र, दोहोरो नागरिकता तथा सूचना वैंक पनि मुद्धाहरु छन् ।

धेरै सञ्चारकर्मी उम्मेदवारहरु भए कसले समाचारको जिम्मेवारी लिने ?
निर्वाचानमा ५ जना संचारकर्मी उम्मेदवारहरु भै सकेका छन । सामाजिक सचेतनामा सदैब खबरदारी गरी रहने राष्ट्रको चौथो अंग पत्रकारिता पेसाका सबै संचारकर्मीले समाज सेवामा लागे कस्ले समाचार लेख्ने भन्ने जिज्ञाशामा सिंहले प्रस्ट भन्नु भयो, ‘भुतकालमा थिए । २७ वर्ष सञ्चार जगतमा विताए, अब पालो समाज सेवाको ।’

‘अरुलाई चिनाउनु पर्छ तर तपाईलाई सबैले चिन्छन, फेरि चिनाउन समाज सेवा हो त । हैन, मलाई व्यक्तिगत रुपमा चिनाउनु नपर्ला, अब समाज सेवीको नामबाट आफ्नो परिचय दिन चाहन्छु । समाज सेवा मार्फत आफूलाई स्थापित गर्दै समाज सेवामा जीवन समर्पित गर्ने चाहेको छु’, सिंहले बताईन् ।

एनआरएन अमेरिकाको ईतिहासमा पहिलो पटक अध्यक्ष पदमा महिला प्रत्यासी बनेकी हुन् । कसैले पनि आजसम्म त्यो पदमा उम्मेदवारी दिने आँट र हिम्मत गरेका थिएनन् के भन्नु हुन्छ भने सवालमा उनले आफू जुझारू प्रवृत्तिको महिला भएकाले चुनौती लिन मन पराउने बताइन।

झन्डै तीन लाख जनघनत्व भएको अमेरिकामा एनआरएन अभियानलाई घर दैलो पुर्याउने आफ्नो चाहना रहेको छ भन्दै मेहनतमा विश्वास गर्ने र मेहनत गरे लक्ष्यमा पुग्न गाह्रो हुदैन भनिन् ।

किन मत दिने ?
महिलाहरुले आफ्नो क्षमता तथा योग्यतालाई सतह बाहिर आफैले ल्याउनु पर्छ । एनआरएन अमेरिको ईतिहासमा नै पहिलो पटक महिलाको तर्फबाट नेतृत्व लिन उम्मेदवारी दिएकोले यो नै एउटा गौरवको विषय हुने छ भन्ने लागेको छ ।
अमेरिकामा बसोबास गर्ने नेपाली समुदायले बुझ्नु हुनेछ । र, आफ्नो स्वविवेक प्रयोग गर्दै आफुलाई नेतृत्व दिने अवसर प्रदान गर्नु हुनेछ भन्ने कुरामा विश्वास रहेको छ । स्वच्छ छवि र नेतृत्व लिन सक्ने उम्मेदवारलाई बिजयी बनाउनु हुनेछ भन्ने आशा गरेको सिंहको भनाइ छ ।

सम्बन्धित खबरहरु