अब एसएमएसबाटै ‘एमआरपी पासपोर्ट’को बारेमा थाहा पाउनुस !

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार १ फाल्गुण, २०७१

mobile smsमलेसिया । वैदेशिक रोजगारमा रहेका प्रवासी नेपालीहरुका लागि खुसीको खबर १
मलेसियामा रहेका नेपालीले अबदेखि सहज रुपमा राहदानी पासपोर्टको बारेमा एसएमएसबाटै थाहा पाउन सक्ने छन् ।

मलेसिया स्थित नेपाली राजदुतावासले एसएमएसबाटै पासपोर्टको बारेमा जानकारी लिन सक्ने प्रविधी लागू गरेको हो ।

नेपाल सरकारले अनिवार्य रुपमा एमआरपी पासपोर्ट बनाउन नियम बनाएपछि नवीकरण गर्न आएका तथा नयाँ पासपोर्ट बनाउने नेपालीले अब आफ्नो पासपोर्ट तयार भए नभएको जानकारी लिन अबदेखि एसएमएस गर्नुपर्नेछ ।

अर्थात नेपाली पासपोर्टको बारेमा सबै जानकारी एसएमएसबाट थाहा पाउनेछन् । मलेसिया स्थित नेपाली दुतावासले जारी गरेको सूचना अनुसार स्थानिय कम्पनीसंग सहकार्य गरेर एसएमएस सेवाबाट सेवाग्राही सहज सेवा दिन लागेको हो ।

सुचना अनुसार पासपोर्टको बारेमा जानकारी लिन, थाहा पाउन सेवाग्राहीले मोबाइलको म्यासेज बक्समा गइ एनपीपी टाइप गरी एक स्पेस छोडेर आफ्नो पुरानो राहदानी पासपोर्ट नम्बर टाइप गरेर ३६६६० मा एसएमएस पठाउनुपर्नेछ ।
एसएमएस पठाएपछि दुतावासले तत्कालै राहदानी पासपोर्टको बारेमा जानकारी दिनेछ ।

सम्बन्धित खबरहरु