Afghanistan-vs-UAE-Warm-Up-Match-Preview-World-Cup-20151जनबोली/ १ फागुन, काठमाडौं । वर्ल्डकप क्रिकेटको अन्तिम अभ्यास खेलमा अफगानिस्तानले यूएर्इलाई १४ रनले पराजित गरेको छ ।

मेलबर्नमा टस जितेर ब्याटिङ गरेको अफागानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३०८ रन बनायो ।

उसका लागि सामिउल्हा सिनवारीले सर्वाधिक ५८ रन बनाए । त्यस्तै नाजिबुल्ला जारदानले ४६ तथा कप्तान मोहम्मद नाबीले ३० रन जोडे ।

यूएर्इका अमनद जाबेल एक्लैले ४ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै १ मेडन राखेर ३९ रन खर्चिए । कृष्ण चन्द्रन र मोहम्मद नविदले समान २-२ विकेट लिए ।

जवाफमा यूएर्इ ४८.२ ओभरमा २९४ रनको स्कोरमा समेटियो । यूएईका कप्तान खुराम खानले सबार्धिक ८६ रन बनाए । उनले १० चौका र २ छक्का प्रहार गरे ।

कृष्ण चन्द्रनले ४९ र एन्डि्र बेरन्जरले ३९ रन बनाए । अफागानिस्तानका अफताब आलमले ३ र नाबीले २ विकेट लिए ।

सम्बन्धित खबरहरु