rolpaliरोल्पा । ′दश वर्षे जनयुद्धमा हाम्रा आफन्तले वगाएको रगत खेर गयो ।′ सशस्त्र युद्धको आधारक्षेत्र मानिएको रोल्पाका शहिद परिवार यस्तै गुनासो गर्दैछन ।

′हिजो जनयुद्ध लडेको पार्टी फुटने क्रमले हाम्रा आफन्त कसका शहिद हुन भन्ने अन्यौलता छायो।′

रोल्पाबाट सुरु भएको सशस्त्र युद्धको वर्षगाँठ २० पुगेको छ ।

२०५२ साल फागुन १ गते रोल्पाको होलेरी प्रहरीचौकी आक्रमण गरी सुरु भएको सशस्त्र युद्ध शान्ति प्रक्रिया हुँदै २० वर्षे लक्का जवान वन्दै गर्दा भने रोल्पाली पीडितहरुका मन कुडिएको छ । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु