aapकाठमाडौ । दिल्ली विधानसभामा आम आदमी पार्टी आपले दिग्विजय गरेपछि नेपालमा त्यसखाले पार्टीको सम्भावनाबारे बहस सुरु भएको छ ।

एक वर्षअघि अल्पमतको सरकार बनाएर ४९ दिनमै सत्ता छाडेका अरविन्द केजरीवाल नेतृत्वको आपले यसै साता विधानसभाका ७० मध्ये ६७ सिट जितेर दुनियाँलाई जिल्याएको हो ।

बहसको चौतारी बनेको छ, सञ्चार प्रविधिसँग निकट जमात रम्ने इन्टरनेट सामाजिक सञ्जाल (सोसल मिडिया) । एमआर खनालले टिवटे-′कुरो आम आदमी पार्टीको हैन, नेपाली जनताले पनि अहिलेका राजनीतिक दलहरूको प्रभावकारी विकल्प चाहेका छन् ।′

नेपालमा त्यस्तो वैकल्पिक शक्तिको सम्भावना नदेख्ने सञ्जीवले पनि टिवटे-′कुनै शक्तिका लागि नयाँ परिवेश चाहिन्छ ।′ आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु