काठमाडौ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले समानान्तर सरकार निर्माण गर्ने सत्तापक्षलाई धम्की दिइरहेकोप्रति संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण भएको छ ।
एमाओवादीले समानान्तर सरकार बनाउने घोषणा गरेकै भोटिपल्ट शुक्रबार संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनले तत्काल बार्तामा बसेर समस्या समाधानको बाटोमा अघि बढ्न दाहाललाई आग्रह गरेका छन् ।
राजनीतिक मामिला सम्वन्धी उपमहासचिव जेम्स फेल्टम्यानले वानका तर्फबाट भन्दै दाहाललाई टेलिफोन गरेर वार्तामा बसेर शान्तिप्रक्रिया टुंगोमा पुर्याउदै संविधान जारी गर्न आग्रह गरेका हुन् ।
दुई दिनदेखि दाहालबाट समानान्तर सरकार निर्माण गर्ने र युवा दस्ता निर्माण गर्ने धारणा आऐपछि राष्ट्रसंघले चासो देखाएको एक अधिकारीले जानकारी दिए । आजको कान्तिपुरमा समाचार छ ।