cancer-symbolकाठमाडौं । मिठो खाना र विलासी जीवनशैलीले नै क्यान्सर निम्त्याउने गरेको उल्लेख गर्दै त्यसप्रति सचेत रहन विज्ञहरूले सुझाव दिएका छन् ।

भुटेको, तारेको, बट्टामा बन्द गरिएको, जंक फुड, जाँडरक्सी, सुर्तीजन्य पदार्थ सेवन र शारीरिक अभ्यास नगर्नेहरू क्यान्सरबाट बढी ग्रसित हुने भन्दै विज्ञहरूले सचेत रहन सुझाए ।

नेपाल क्यान्सर केयर फाउन्डेसनकी अध्यक्ष एवं वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सरिता घिमिरेले मिठो खाने रहरमा स्वस्थ खाना बेवास्ता गर्ने र पसिना बगाउन अल्छी गर्ने मानिस क्यान्सरको भयावह अवस्थाबाट गुज्रिनुपरेको बताइन्।

′क्यान्सरको उपचार शतप्रतिशत सफल हुन्छ भन्ने कुनै आधार छैन′, उनले भनिन्,′त्यही भएर जीवनको सुरु बाटै क्यान्सरदेखि सचेत रहनुपर्छ । के खाँदा र गर्दा राम्रो हुन्छ त्यसतर्फ लाग्नुपर्छ।′ आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु