manab kankalसुनसरी । सुनसरीको सदरमुकाम इनरुवा–७ स्थित सियाराम यादवको घरमा शुक्रबार तीनजनाको मानव कङ्काल फेला परेको छ । हत्या गरेर गाडिएको अवस्थामा यादवको घरको छेउमा तीनजनाको कङ्काल फेला परेको हो ।

सप्तरीको जंडौलका ५० वर्षीय इद्रिस नट मियाँ, उनकी पत्नी ४५ वर्षीया जैतुन खातुन र छोरी १७ वर्षीया सेरुन खातुनको हत्या गरेर गाडिएको अवस्थामा कङ्काल फेला परेको हो ।

नटका छोरी ज्वाइँ सकिल अन्सारीले केही सहयोगीलाई ल्याएर इनरुवाका सियाराम यादवको घरमा डेरामा बस्दै आएको अवस्थामा पाँच कट्ठा जग्गाको विषयमा विवाद भएपछि मार्ने र गाड्ने धम्की दिएका थिए ।

धम्की दिएको केही समयपछि तीनै जना एकाएक बेपत्ता भएका थिए । उनीहरुको खोजीगर्ने क्रममा शुक्रबार कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु