congress umlकाठमाडौं । महत्वपूर्ण राजनीतिक विषयमा छलफल गर्न डाकिएको केन्द्रीय समितिको बैठक तीनपटक स्थगित भएपछि कांग्रेसमा यसलाई लिएर विरोध बढेको छ ।

२६ माघका लागि डाकिएको बैठक नेताको कार्यव्यस्तता र दलीय छलफलका कारण भन्दै पटक–पटक सार्दै ६ फागुनका लागि तय गरिएको छ ।

‘पटक–पटक बैठक डाक्ने र स्थगित गर्ने नेतृत्वको शैली नाटक मञ्चनजस्तो भइसक्यो’, केन्द्रीय सदस्य मनमोहन भट्टराईले भने,‘संविधान निर्माणको समयमा हुने महत्वपूर्ण राजनीतिक विषयमा सदस्यको सुझाव माग्नुपर्ने हो,तर सभापति किन डराइराख्नुभएको छ,बुझ्न सकेका छैनौं।’

समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै २१ माघमा २६ गतेका लागि केन्द्रीय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाइएको थियो ।

तर,२३ माघमै विशेष कारणबश भन्दै २ फागुनमा बालुवाटारमै बस्ने गरी केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीले विज्ञप्ति जारी गरे । आजको नयाँ पत्रिकामा समाचार छ

सम्बन्धित खबरहरु