raute.२ फागुन, काठमाडौं । जंगलमा बसोबास गरेका विभिन्न जातजातिका जनावर, चराचुरुङ्गीहरु, वन्यजन्तु र राउटेहरुको विशेष सहभागितासहित एकै थलोमा भेला गरी पोखारको शान्ति वन वाटिकामा शुक्रबारदेखि जंगल फेस्टिबल सुरु भएको छ ।

परिचय नेपालले आयोजनामा सुरु भएको सो फेस्टिबल ‘हरियाली सप्ताह’को अवधारणामा सुरु भएको हो । फेस्टिबलको उद्घाटन आठ जना राउटेहरुले रुख रोपेर गरेका थिए ।

राउटेलाई हेर्न र उनीहरुको जीवन शैलीमा बनेका घरहरु पनि दर्शकहरुको लागि आकर्षक रहेको गोरखापत्रमा खबर छ । राउटेलाई जीवनशैली देखाउनकै लागि आयोजकले अछामबाट राउटेको एउटा टोलीलाई पोखरा ल्याइसकेको हो । राउटेहरुले निर्माण गरेका काठका सामग्रीसमेत महोत्सवमा राखिएको छ ।

सम्बन्धित खबरहरु