२ फागुन, काठमाडौं । मुटुरोग विशेषज्ञ डा। भारत राउने पूर्वराजा ज्ञानेन्द्र शाह लक्की रहेको बताएका छन् । नयाँ पत्रिकासँगको कुराकानीमा डा. राउतले हृदयघात भएका पूर्वराजा लक्की भएकाले चिकित्सकको सम्पर्कमा आएको र नयाँ जीवन पाएको बताएका हुन् ।
पूर्वराजालाई हृदयघात भएको खबर सुन्दा आफू फिल्म हेरिरहेको भन्दै डा. राउतले खबर सुन्नासाथ निर्मल निवास पुगेको र आवश्यक चेकजाँच गरेको बताएका थिए । उनले भने(‘पूर्वराजालाई हृदयघात भन्नेबित्तिकै मिडियामा सनसनी फैलिएको थियो । तर, त्यतिबेला उहाँको अवस्था त्यति अप्ठेरो थिएन । पूर्वराजा यसमा निक्कै लक्की साबित भए । उनले विहानदेखि पाखुरा दुख्दा मुटुको समस्या हो कि भनेर डा किशोरलाई बोलाए । सुताइ नमिलेर, बसाइ नमिलेर वा अन्य कारणले सामान्य दुखेको होला भनेर बसेको भए उनी ढल्लने अवस्थामा पुग्थे । तर, भाग्यवश समयमै सही चिकित्सकको निगरानीमा पुगे ।’
शाह परिवारमा हृदयघातको समस्या बंशाणुगत भएको र त्यसमाथि धूम्रपान, मध्यपान र मानसिक तनावसमेत बढ्दै जाँदा हृदयघात भएको डा. राउतको निष्कर्ष छ । उनले भने (‘मैलै पूर्वराजालाई धुम्रपान त्याग्न सल्लाह दिएको थिए । सायद अहिले उनी कडा अनुशासनमा बसेका छन् ।’