नेपालमा एक वर्षमा पाँच करोड कन्डम खपत

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार २ फाल्गुण, २०७१

condom२ फागुन, काठमाडौं । नेपालमा एक वर्षमा पाँच करोडभन्दा बढी संख्यामा कन्डम खपत हुने गरेको पाइएको छ । पछिल्लो समय यौनसम्बन्धी विभिन्न रोग र एचआइभी रएड्सजस्ता रोगको संक्रमणका विषयमा जनचेतना बढेका कारण कन्डम प्रयोगकर्ताको संख्या बढ्दै गएको हो ।सरकारले प्रत्येक वर्ष साढे दुई करोड कन्डम निःशुल्क वितरण गर्दै आएको त्यस्तै निजी क्षेत्रबाट पनि त्यतिनै संख्यामा बिक्री हुने गरेको एक सर्वेक्षणले देखाएको राजधानीमा खबर छ ।

देशका प्रमुख छ सहरमा युनाइटेड नेसनल पपुलेसन फन्डले कन्डमको प्रयोगबारे अध्ययन गरेको थियो । कन्डम प्रयोग गर्नेको संख्या बढे पनि गुणस्तरीयता भने प्रयोगकर्ताले ख्याल नगरेको पाइएको सर्वेक्षणमा उल्लेख गरिएको छ।

फन्डले काठमाडौं, पोखरा, नेपालगन्ज, महेन्द्रनगर, बुटवल, जनकपुर र विराटनगरमा अध्ययन गरेको थियो ।

सम्बन्धित खबरहरु