nepali senaजनबोली/१ फागुन, विराटनगर । विराटनगरमा जारी तेस्रो विराट गोल्डकपको शुक्रबारको खेलमा नेपाली सेनाको त्रिभवन आर्मी क्लब विजयी हुँदै क्वाटर फाइलनमा प्रवेश गरेको छ ।

सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २-० अन्तरले हराउँदै आर्मी क्वाटर फाइलनमा गएको हो ।

आर्मीले गत असोजमा बुटवलमा आयोजित वीपी कोइराला स्मृतिकपको फाइनलमा एपीएफसँग २-१ ले हारेको बदला समेत लिएको छ ।

आर्मीले ७९ औं मिनेटमा भरत खवासले दिएको पास सदुपयोग गर्दै टंक बस्नेतले उत्कृष्ट गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । ८६ औं मिनेटमा नवयुग श्रेष्ठले वान भर्सेस वानमा गोल गर्दै आर्मीलाई २-० को जित दिलाएका थिए ।

खेलको अधिकांश समय आर्मीले एपीएफलाई दबावमा राखेको थियो । सशस्त्रले बारम्बार पाएको गोल गर्ने अवसर चुकाउदा घर फर्किन बाध्य भयो ।

सशस्त्रका नविन लामाले ५४ औं मिनेटमा प्रहार गरेको गोल आर्मीका गोलरक्षक विकेस कुथुले उत्कृष्ट बचाउ गरेका थिए ।

खेलको म्यान अफ द म्याच आर्मीका टंक बस्नेत भए ।

शनिबार हुने खेलमा भाइचन भुटियाको यूनाईटेड फुटबल क्लब सिक्किम र जगदम्बा लुम्विनी फुटबल क्लब रुपन्देही भिड्नेछन् ।

सम्बन्धित खबरहरु