जनबोली/२ फागुन, काठमाडौं । प्राय लिमिटेड ओभरका क्रिकेटहरुमा ब्याट्म्यानहरु हाबि हुन्छन । धेरै जसो क्रिकेट फ्यानहरुपनि बलिङ भन्दा पनि ब्याटिङमा रमाउछन र आफ्नो टीमको ब्याट्म्यानले ठूला सटहरु खेलुन भन्ने चाहना राख्छन् ।

अष्टे्रलिया र न्यूजिल्याण्डमा सनिबारदेखि सुरु हुने वर्ल्डकपमा परमरागतसँग नयाँ सटहरुले प्रमुख भूमिका खेल्ने अड्क्कल धेरैको छ ।

पछिल्लो समय ब्याट्म्यानहरुले खेलका र यो विश्वकपमा हंगामा मच्चउन सक्ने सटहरु यस्ता हुनेछन्-

दिलस्कुप

The-Dilscoop

श्रीलंकन ओपनर तिलकरत्ने दिलशानले विकास गरेको यो सट आजभोलि धेरै जसो खेलाडिले निर्धक्कसँग खेल्न प्रयास गर्छन् । दिलशान आफैले त यो सट खेलछन् नै न्यूजिल्याण्डका कप्तान ब्रायन्डन म्याकुलम पनि यो सट खेल्न माहिर छन् । अन्तिम ओभरहरुमा धेरैजसोले यस्तो सट खेल्छन् ।
यो सट खेल्न अली जोखिमपूर्ण पनि छ । यस्तो सट हान्दा ब्याट्सम्यानलाई बलको लेन्थ र लाइन पहिचान गर्न गाह्रो हुन्छ । त्यसैले बोल्ड आउट हुने, क्याच हुने वा अनुहारमै बलले लाग्ने सम्भावना समेत हुन्छ ।

रिभर्स स्लग स्विप

The-reverse-slog-sweep
दक्षिण अफ्रिकी पूर्व क्रिकेटर बब उल्मरले विकास गरेको यो ब्याटिङ शैली पछिल्लो समय अष्ट्रेलियन ‘बिग शो’ ग्लेन म्याक्सवेलले प्रभावकारी रुपमा प्रहार गर्ने गरेको पाइन्छ ।

यो सट खेल्दा ब्याट्म्यानले आफ्नो पुरै पोजिसन नै चेन्ज गर्ने हुँदा फिल्डिङ सेट गर्न पनि गाह्रो हुन्छ । यो सटमा ब्याट्सम्यानको टाइमिङ सबैभन्दा महत्वपूर्ण हुन्छ, नत्र बल हावामा उड्ने र क्याच हुने जोखिम बढि हुन्छ ।

द स्वीच हिट

The-switch-hit
यो सट खेल्दा लेफ्ट हृयान्डेड ब्याट्म्यान राइटमा फर्केर र राइट हृयान्डेड ब्याट्म्यानले लेफ्टमा फर्केर खेल्ने गर्छन् ।

अन्य सटको तुलनामा यसलाई कठिन र अलिक अविश्वसनीय मानिन्छ । अस्ट्रेलियाका डेभिड वार्नर र इंग्ल्याण्डका केभिन पिटरसनले यो शट खेल्ने गरेका छन् । पिटरसन यो वर्ल्डकपमा छैनन्, त्यसैले डेभिड वार्नरबाट मात्र यो शट अपेक्षा गरिएको छ ।

स्लग टु काउ कर्नर
Slog-to-cow-corner
यो शट अलिक ट्रेडिस्नल टाइपको शट हो । खासगरी पेश र बाउन्सी पिचमा यो प्रकारको शट ब्याट्सम्यानहरुका लागि सुरक्षित मानिन्छ ।
क्रिस गेल, जेम्स फल्कनर, एबी डिभिलियर्स, कोरी एन्डरसन जस्ता ब्याट्म्यानले बाउन्स बललाई सीमा रेखा कटाउनका लागि यही शटको प्रयोग गर्ने गर्छन् । अन्य सटको तुलनामा यो शट धेरैले खेल्छन् ।

द र्‍याम्प
The-ramp
यो शटमा ब्याट्सम्यान केही अगाडि बढेर खुँडा खुम्च्याउँदै बललाई हुक वा स्विप गरी फाइन लेग तर्फ शट हान्छन् ।

यो सट दक्षिण अफ्रिकी कप्तान एबी डिभिलियर्सले कुशलतापूर्वक खेल्छन् । लेग साइडमा आएका बललाई फाइनलेगमा खेल्दा सुरुरक्षित पनि हुन्छ । योर्करबललाई पनि डिभिलर्स र्‍याम्प सट खेल्न सक्छन् ।

एजेन्सीको सहयोगमा 

सम्बन्धित खबरहरु