न्युजिल्यान्डद्वारा श्रीलंकालाई ३३२ रनको लक्ष्य

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार २ फाल्गुण, २०७१
Brendon-McCullum-of-New-Zealand-bats-95क्राइसर्च-विश्वकपको उद्घाटन खेलमा घरेलु टोली न्युजिल्यान्डले श्रीलंकासामु ३ सय ३२ रनको लक्ष्य प्रस्तुग गरेको छ। न्यूजिल्याण्डका लागि ब्रेन्डन म्याकुलम ६६, केन विलिम्सन र कोरे एण्डरसनले ४६ बलमा ७५ रन जोडे भने मार्टिन गुप्तिलले ४९ रन बनाए।
न्युजिल्यान्डको क्राइसचर्चमा भएको खेलमा श्रीलंकाले टस जितेर न्यूजिल्याण्डलाई ब्याटिङको निम्तो दिएको थियो। न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ३१ रन बनाएको हो। श्रीलंकाका लागि कुलासेकाराले २ तथा मालिङ्गा र तिलकरत्ने दिलशानले १-१ विकेट लिए।

अहिले श्रीलंकाले जवाफी ब्याटिङ थालेको छ।

सम्बन्धित खबरहरु