विश्व नम्बर एक अस्ट्रेलियाले जनवरीमा भएको शृंखला ४–१ ले कब्जा जमाएको थियो भने भारतसम्मिलित त्रिकोणात्मक शृंखलामा पनि हराएको थियो। त्यसैले पनि अस्ट्रेलिया घरेलु मैदानमा हुने उद्घाटन खेलमा विजयी सुरुआत गर्न चाहन्छ।
‘पहिलाका नतिजाहरूमा म खुसी छु। तर इमान्दारीसाथ भन्दा त्यसले खासै फरक पार्दैन,’ वेलीले भने, ‘इङ्ल्यान्डले आफ्नो खेल्ने तरिका र टिम संरचनामा सकारात्मक सुधार गरेको छ। मेरो विचारमा इङ्ल्यान्ड डरलाग्दो टिम हो।’
पछिल्लो चार वर्षमा अस्ट्रेलियाले इङ्ल्यान्डसँग खेलेको १५ खेलमध्ये १३ मा जित निकालेको छ। झन मेलबर्न क्रिकेट मैदानको इतिहास अझै अस्ट्रेलियाको पक्षमा छ। २००७ यता इङ्ल्यान्डले मेलबर्न मैदानमा अस्ट्रेलियालाई हराउन सकेको छैन भने अस्ट्रेलियाले ११ मध्ये ८ मा जित निकालेको छ। मेलबर्न क्रिकेट रगंशाला ९० हजार दर्शक क्षमताको छ।
एक ठूलो प्रतियोगिता, दुई देशबीचको भिडन्त र ठूलो संख्याको दर्शकको साथ यी सबै कुराले गर्दा खेलाडीहरू धेरै उत्साहित रहेको बेलीले बताए।
‘मैले यसअघि पनि केही खेलहरू यस रंगशालामा खेलेको छु। ९० हजार दर्शकको उत्साहले बनाउने वातावरण कस्तो हुन्छ त्यो मलाई थाहा छ र क्रिकेटर यस्तो वातावरणमा खेल्न चाहन्छ,’ इङ्ल्यान्डका तीब्र गतिका बलर जेम्स एन्डरसनले भने, ‘अनुमान छ कि धेरै संख्याका दर्शक हाम्रोविरुद्ध हुनेछन्, त्यसका लागि हामी मानसिक तयार छौं र हामीले राम्रो सुरुवात गर्यौं भने उनीहरूलाई हराउन सक्छौं।’
अस्ट्रेलियाका कप्तान माइकल क्लार्कले पहिलो खेल गुमाउने भएका छन्।
अस्ट्रेलियाका कप्तान माइकल क्लार्कले पहिलो खेल गुमाउने भएका छन्।
ह्यामस्ट्रिङको शल्यक्रियापछि खेलमा फर्कन लागेका क्लार्कको स्वास्थ्यप्रति निकै सावधानी अपनाइएको छ। तर अस्ट्रेलियाका कप्तान डारेन लेहम्यानले फेब्रुअरी २१ मा बंगलादेशविरुद्धको खेलमा क्लार्क खेल्नेमा कुनै शंका नरहेको बताए।
गत महिना अस्ट्रेलिया आइपुगेको इङ्ल्यान्डको समय परीक्षणमै बितेको थियो। त्रिकोणात्मक शृंखलामा भारतलाई हरायो भने अस्ट्रेलियासँग १ सय १२ रनले पराजित भयो। पाकिस्तानसँगको अभ्यास खेलमा भने ४ विकेटले हारेको थियो।
‘अस्ट्रेलियाको यात्रा उतारचढाव भए पनि केही परिवर्तन भएको छ, हामी यहाँको वातावरणसँग घुलमिल भएका छौं,’ इङ्ल्यान्डका कप्तान इयान मोर्गनले भने,’हाम्रोतर्फबाट राम्रो क्रिकेट खेल्यौं भने शनिबार अस्ट्रेलियालाई हराउन सक्छौं।’

इङ्ल्यान्डका खेलाडीहरूले व्यक्तिगत रूपमा राम्रो प्रदर्शन गर्दै आए पनि विश्वकपमा उनीहरूको एकीकृत प्रदर्शन हुन सकेको छैन।
‘इयान बेल र मोइन अली लयमा छन्। उनीहरू दुईले राम्रो रन जोडे अस्ट्रेलियासँगको खेलमा हामीले राम्रो स्कोरबनाउन सक्छौं,’ उनले थपे।
६ पटक फाइलन खेलेको अस्ट्रेलियाले चारपल्ट विश्वकपको उपाधि उचालेको छ भने तीनपल्ट फाइनल खेले पनि इङल्यान्डले अहिलेसम्म उपाधि जित्नसकेको छैन।
६ पटक फाइलन खेलेको अस्ट्रेलियाले चारपल्ट विश्वकपको उपाधि उचालेको छ भने तीनपल्ट फाइनल खेले पनि इङल्यान्डले अहिलेसम्म उपाधि जित्नसकेको छैन।