thamelट्रेकिङ एजेन्सिज एसोसिएसन अफ् नेपाल ‘टान’ले टान ल्होछार महोत्सव आयोजना गर्ने भएको छ । आगामी फागुन ५ गते राजधानीको पर्यटकीय क्षेत्र ठमेलको सञ्चयकोष भवन अगाडिको चौरमा टान ल्होछार महोत्सव हुने भएको छ ।

टानले  राजधानीमा पत्रकार सम्मेलन गरी तामाङ, गुरुङ र शेर्पा समुदायको ल्होछार संस्कृति झल्कने गरी पहिलोपटक टान ल्होछार महोत्सवको सुरुवात गर्न लागेको जानकारी गराएको हो । टानको क्यालेन्डर अनुसार फेब्रुअरी १७ तारिखको दिनलाई टान महोत्सवको रूपमा मनाउने निर्णय भएअनुसार यस वर्षबाट सुरुवात गर्न लागेको टानका अध्यक्ष रमेश धमलाले जानकारी दिनुभयो ।

नेपालका गुरुङ, तामाङ र शेर्पा समुदायको मौलिक परम्परा र संस्कृतिमार्फत पर्यटन प्रवद्र्धनका लागि महोत्सवले मुख्य भूमिका खेल्ने टानको अपेक्षा छ । महोत्सवमा फुडस्टल तथा विभिन्न सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रर्दशन गरिने भएको छ ।

सम्बन्धित खबरहरु