Team-Nepalजनबोली/३ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको तीन खेल घरेलु मैदानमा खेल्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले शनिबार सार्वजनिक गरेको खेलतालिकाअनुसार नेपालले घरेलु मैदानमा पहिलो खेल पपुवा न्युगिनी, नामिबिया र केन्यासँग खेल्नेछ।
अवे खेलमा नेपालले स्कटल्यान्ड, नेदरल्यान्ड्स, हङकङ र युएईसँग प्रतिस्पर्धा गर्नेछ।
तालिकाअनुसार नेपालले सन् २०१५ को अगस्टदेखि नोभेम्बरमा पपुवा न्युगिनीसँग, २०१६ को फेबु्रअरीदेखि जुनसम्म नामिबिया र २०१७ को फेबु्रअरीदेखि जुनसम्म केन्यासँग खेल्नेछ।
अवे खेलमा नेपालले २०१५ को अप्रिलदेखि जुनसम्म स्कटल्यान्ड, २०१६ को अगस्टदेखि नोभेम्बरमा नेदरल्यान्ड्स, २०१७ को जुलाईदेखि नोभेम्बरमा हङकङसँग खेल्नेछ। राष्ट्रिय टोलीले अन्तिम अवे खेल २०१७ को नोभेम्बरदेखि डिसेम्बरको बीचमा युएईसँग खेल्नेछ। यसैगरी आइसिसीले इन्टरकन्टिनेन्टल कप (२०१५–२०१७) अप्रिलदेखि सुरु हुने जनाएको छ । पहिलो ७ राउन्डको खेल सकिएपछि दोस्रो राउन्डको खेल एउटै स्थानमा हुनेछ। आइसिसीले मति भने सार्वजनिक गरेको छैन।
गत महिना सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा उच्च प्रदर्शन गरेका कारण नेपाल र केन्याले च्याम्पियनसिप खेल्ने मौका पाएका हुन्। नेपाल र केन्या डिभिजन २ यथावत रहेका थिए।

सम्बन्धित खबरहरु