laptop choriकाठमाडौं । लामो दूरीका बसमा यात्रा गर्दै हुनुहुन्छ भने होसियार ! खाना खाने समय वा शौच गर्ने समयमा बहुमूल्य सामान सिटमै छाड्दा चोरी हुनसक्छ ।

लामो दूरीका बसमा पसेर चोरी गर्ने दुईजनालाई प्रहरीले चोरीको ल्यापटपसहित पक्राउ गरेको छ ।

वीरगन्जबाट काठमाडौं आउजाउ गरिरहने ममता मानन्धर गत मंगलबार न्यु एन्जल यातायाताबाट काठमाडौं आइरहेकी थिइन् ।

नागढुंगाभन्दा केही तल चालकले ′पाँच मिनेट′ भन्दै गाडी रोके।शौच गएर फर्किंदा मानन्धरले सिटमा राखेको ल्यापटप र मनी पर्स गायब थियो।

उनी ′मेरो ल्यापटप र पर्स कसले लग्यो भनेर कराइन्।′ आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु