lovers beatकाठमाडौं ।  विश्वभरका मायालु जोडीहरु एकअर्कामा हराइरहेका बेला भारतमा भने उनीहरुले कुटाई खानुपरेको छ ।

भ्यालेन्टाइन डे विरुद्द सडकमै उत्रेको भारतको उत्तर प्रदेशस्थित एउटा दलका कार्यकर्ताले पार्कमा रमाइरहेका मायालु जोडीलाई खोजी खोजी कुटे ।

भ्यालेन्टाइन डेले भारतीय संस्कृतिमाथि अतिक्रमण गरेको भन्दै उत्तर प्रदेशस्थित बजरंगी दलका दर्जनौँ कार्यकर्ता लाठीसहित सडकमा उत्रेर प्रेमीजोडीमाथि आक्रमणमा उत्रेका हुन् ।

उनीहरुले पार्कमा बसेका प्रेमी जोडीलाई खुलेआम कुटेर आतंक मच्चाएका हुन् ।

लखनुको हतरजगञ्जमा नाराबाजीसहित सडकमा उत्रेका उनीहरुले आफूलाई भारतीय संस्कृतिका रक्षक बताएका थिए । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु