bibaha mandapकाठमाडौं । आफैंले मन पराएर जीवनसाथी बनाउन लागेको बेहुली छाडी बेहुला नै मण्डपबाट भाग्यो भन्दा पत्याउन निकै गाह्रो पर्छ ।

तर शनिबार काठमाडौंको बत्तिसपुतलीस्थित राममन्दिरमा यस्तो अपत्यारिलो घटना भएको छ ।

तामझामका साथ आएका झापाका एक युवक आधा विवाह सकिएपछि मन्डपबाटै भागेका छन् । कुनै कारण नबताई बेहुलो भागेपछि बेहुली पक्षधर भने मर्माहत बन्न पुगेका छन् ।

झापा कुमरखोद स्थायी घर भएका नेत्रप्रसाल काफ्ले शनिबार दिउँसो पागलको नाटक गरी विवाह मन्डपबाट भागेका हुन् । आजको राजधानीमा समाचार छ ।

सम्बन्धित खबरहरु