susil koirala prachandaकाठमाडौं । प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच अनौपचारिक छलफलमा कुरा मिलेपछिमात्र औपचारिक वार्ता गर्ने समझदारी भएको छ ।

कांग्रेस र एमाओवादीका दोस्रो तहका नेताहरूको अनौपचारिक छलफलबाट सहमति निकालेपछि औपचारिक वार्ता गर्नु उपयुक्त हुने दुई नेताले निश्कर्ष निकालेका छन् ।

लामो समयको तिक्तता र संवादहीनतापछि शनिबार भएको वार्ताका क्रममा सत्तापक्षका नेता कोइराला र एमाओवादी नेतृत्वको विपक्षी मोर्चाका संयोजक दाहाल यस्तो निश्कर्ष निकालेको स्रोतले जनाएको छ ।

कोइराला र दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा करिब साव घण्टा कुराकानी भएको थियो । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु