काठमाडौं । मुलुककै केन्द्रीय प्रशासनिक सचिवालय सिंहदरबार परिसर छिर्दा विभिन्न मन्त्रालय र अन्य कार्यालय भवन अगाडि,पछाडि र छेउमा थन्किएका थोत्रा सवारी साधन प्रशस्त देखिन्छन् । लाग्छ, कतै गाडीको कबाडी ग्यारेजमै पो छिरिएछ ।
स्वास्थ्य तथा जनसंख्याबाहेक अन्य सबै मन्त्रालय सिंहदरबार परिसरभित्रै छन् । प्रधानमन्त्री कार्यालयदेखि राष्ट्रिय योजना आयोगसम्म छन्, यहाँ ।
राष्ट्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रस्तुत गर्ने र सम्बन्ध स्थापित गर्ने मन्त्रालय परराष्ट्रको उत्तरी भागको क्यान्टिन अगाडिको मैदानमा पुराना गाडी थुप्रिएका छन् ।
संसद सचिवालयको उत्तरी भागमा थोत्रा गाडी प्रशस्छ छन् । आजको कान्तिपुरमा समाचार छ ।