Baburamनेपालगन्ज । एकीकृत माओवादी नेता बाबुराम भट्टराईले एक पक्षीय संविधान घोषणा गरिए मुलुकमा फेरि पनि अर्को विद्रोह उत्पन्न हुने चेतावनी दिएका छन् ।

′कांग्रेस र एमालेले २०४७ कै संविधान बनाउने प्रयत्न गर्दैछन,′ क्रान्तिकारी पत्रकार संघले नेपालगन्जमा शनिबार गरेको पत्रकार सम्मेलनमा उनले भने, ′उनीहरुले एक पक्षीय संविधान जारी गरेमा २०५२ सालपछि जे स्थिति आयो, हामी फेरि पनि विद्रोह गर्न बाध्य हुनेछौं।′

एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले संविधान सभाभित्र आधा हिस्सा ओगटेको दाबी गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले ′जवरजस्ती′ संविधान घोषणा गरेमा आफूहरु समानान्तर संविधान जारी गर्न बाध्य हुने बताए ।

′हामीले आधा हिस्सा लिएकाले हामी समानान्तर संविधान घोषण गर्छौ,′ उनले प्रष्ट्याए। आजको नागरिकमा समाचार छ ।

सम्बन्धित खबरहरु