बारा । सिमरामा थप नापी र मातपोत कार्यालय राख्न पाईंदैन् भन्दै पछिल्लो छ दिनदेखि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच शनिवार पनि दोहोरो झडपले सदरमुकाम कलैया अस्तव्यस्त रह्यो ।
समस्या टुंगोमा पुर्याउन कतैबाट खासै पहल नभएकाले तनावको स्थिती लम्बिदैँ गएको हो ।
पटकपटक प्रहरी र प्रदर्शनकारीबीच लखेट्या लखेट, अश्रु ग्यास र ढुंगामुढा प्रहारले स्तिथी झनै तनावपुर्ण बन्दै गएको छ । आन्दोलित पक्षका अगुवाहरुले उत्तेजित प्रदर्शनकारीहरुलाई सम्झाई बुझाई गर्दासमेत तोडफोड गरेरै छाडे ।
दिनहुँको झडपले बजार खुल्न सकेको छैन् । यातायात चल्न सकेको छैन् ।
आन्दोलित पक्षले आन्दोलन जारी राख्दै झन् कडा प्रस्तुत भएपछि कलैयाको जनजीवन कष्टकर बन्दै गएको छ । आजको कान्तिपुरमा समाचार छ ।