अस्पताल परिसरमा टाउको भेटिएपछि

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ३ फाल्गुण, २०७१

Chitwan Medical Collage३ फागुन, चितवन । चितवनको भरतपुर मेडिकल कलेजको परिसरमा एक महिलाको शरीरबिनाको टाउको शनिबार फेला परेको छ । अस्पतालको चौरमा क्रिकेट खेलिरहेका विद्यार्थीहरुले सो टाउको भेटेका थिए । क्रिकेट बल गुडेर मान्छेको टाउकोमा ठोक्किएपछि झस्किएर भागेको विद्यार्थीहरुले बताएका छन् ।

अस्पतालको पार्किङ नजिकै रहेको खुला चौरमा सो टाउको भेटिएको हो । टाउकोमा अलिकति कपालसमेत देखिएको छ । टाउको रहेको थाहा पाएपछि अस्पताल परिसर पुगेका सञ्चारकर्मीले प्रहरीलाई खबर गरेको नेपाल समाचारपत्रमा खबर छ ।

जिल्ला प्रहरी कार्यालयले घटनास्थलको अनुसन्धान थालेको जनाएको छ । अस्पताल प्रशासनले भने सो घटनाका बारेमा केही पनि बताएको छैन् । यसरी चौरमा मान्छेको टाउको भेटिएपछि स्थानीयबासी भने त्रसित भएका छन् ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७