एजेन्सी । आम आद्मी पार्टीका संयोजक अरविन्द केजरीवाललाई मुख्यमन्त्री बनेकै दिन झड्का लागेको छ । दिल्लीमा बिजुली सप्लाई गर्ने कम्पनीले बिद्युतको महसुल बढाएको हो ।
दिल्ली बिजुली नियामक आयोग (डीईआरससी) ले बिजुली कम्पनीको महसुल बढाउने प्रस्तावलाई स्वीकार गरेको हो । जसअनुसार दिल्लीमा बिजुलीको महसुल १२ देखि २० प्रतिशत सम्म बढेको छ ।
अरबिन्द केजरीवालले निर्वाचनको समयमा सबैभन्दा पहिले बिजुली र पानीको महसुलमा छुट गराउँने घोषणा गरेका थिए । केजरीवालको पार्टीले अब टाटा टावर र अनिल अंबानीको इन्फ्रास्ट्रक्चरको पावर डिस्ट्रिब्युसन इकाई घेर्न सक्ने जनाइएको छ ।