AAP-Kejariwalकाठमाडौं । दिल्लीको मुख्यमन्त्रीको रुपमा आम आद्मी पार्टींका अरविन्द केजरीवालले शनिबार सपथ लिँदैछन् ।

मंगलबार सार्वजनिक मत परिणाममा अध्याधिक बहुमत प्राप्त गरेका केजरीवालले शनिबार सपथ ग्रहण गर्न लागेका हुन् ।

उनले रामलिला मैदानमा दिल्लीको आठौं मुख्यमन्त्रीको रुपमा सपथ लिदैछन् । सपथ ग्रहणका लागि केजरीवाल मेट्रो बजारबाट कारमा रामलिला मैदान पुग्ने कार्यक्रम छ ।

केजरीवालसँगै ६ जना मन्त्रीहरुले पनि शनिबार नै सपथ लिनेछन् । एक साताअघि भएको विधानसभाको निर्वाचनमा केजरीवालको आम आद्मी पार्टीले ७० सिटमध्ये ६७ सिटमा जित हासिल गरेको थियो ।

यसअघिको बिधानसभा निर्वाचनमा पहिलो भएको भारतीय जनता पार्टीले ३ सिट मात्र जितेको छ । यसअघि २८ सिट जितेको केजरीवालको आम आद्मी पार्टीले दिल्लीमा ४९ दिन सरकार चलाएको थियो ।

काँग्रेससँग मिलेर सरकार बनाएपनि लोकपाल बिधेयक पारित गर्न समर्थन नजलाएपछि केजरीवालले मुख्यमन्त्री पदबाट राजिनामा दिएका थिए ।

यसैबीच केजरीवालको सपथ ग्रहण कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने सहभागी नहुने भएका छन् ।

उनी पूर्वनिर्धारित कार्यक्रमका कारण केजरीवालको सपथग्रहण कार्यक्रममा सहभागी नहुने भएका हुन् । दिल्लीमा अभूतपूर्व जित हासिल गरेको आम आद्मी पार्टीलाई मोदीले शुभकामना दिएका थिए ।

सम्बन्धित खबरहरु