krishi३ फागुन, काठमाडौं । सरकार र दातृ निकायबाट आधुनिक कृषिका लागि उपलब्ध गराइएको बजेटमध्ये २१ करोड रुपैयाँ कर्मचारीको भ्रमण, अवलोकन र मूल्यांकन शीर्षकमै सकिने गरेको छ ।

कृषि विकास मन्त्रालयले विभिन्न १० आयोजनामार्फत आधुनिक कृषिका लागि किसानलाई अनुदान दिने र प्रोत्साहनमूलक कार्यक्रम अघि सारी बजेट विनियोजन गर्दै आएको छ । विनियोजित रकममा वैदेशिक सहायता पनि थपिने गरेको नयाँ पत्रिकामा खबर छ ।

नगद अनुदान दिने र प्रोत्साहनमूलक कार्यक्रम ल्याई कृषिमा सर्वसाधारणको आकर्षण बढाउने उद्देश्यले विनियोजित ५ अर्ब ९१ करोड रुपैयाँमध्ये ७ करोड सम्बन्धित आयोजनाका कर्मचारीले घुमेरै सक्ने गरेका छन् । १३ करोडभन्दा बढी रकम किसानले अनुदान र प्रोत्साहनमूलक कार्यक्रमका लागि पेस गरेको निवेदनको स्थलगत अवलोकन र मूल्यांकनमा खर्चिने गरी आयोजनाले बजेट बाँडेका छन् ।

सम्बन्धित खबरहरु