Arvind_kejariwal-430x316काठमाडौं । आम आदमी पार्टी संयोजक अरविन्द केजरीवालले शनिबार दिल्लीको आठौं मुख्यमन्त्री पदको सपथ लिएका छन् ।

रामलिला मैदानमा उनलाई उपराज्यपाल नजिब जंगले पद तथा गोपनियताको सपथ दिलाएका हुन् । उनीसँगै मनिष सिसौदिया, असिम अहमद खान, संदिप कुमार, सत्येद्र जैन, गोपाल राय र जिंतेन्द्र सिंह तोमरले पनि मन्त्री पदको सपथ लिए ।

एक साताअघि ७० सिटका लागि भएको दिल्ली विधानसभाको निर्वाचनमा आम आद्मी पार्टीले ६७ सिट जितेको थियो । बाँकी ३ सिटमा भारतीय जनता पार्टीले जितेको छ ।

सपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री केजरिवालले दिल्लीलाई पाँच वर्षभित्र भ्रष्टाचार मुक्त सहर बनाउने प्रतिवद्धता जनाए । उनले भाजपाकी मुख्यमन्त्री पदकी उम्मेदवार किरण बेदीलाई आफूले सधैं सम्मान गर्ने बताए । बेदी निर्वाचनमा पराजित भएकी थिइन् ।

केजरिवाल दोस्रो पटक दिल्लीको मुख्यमन्त्री बनेका हुन् । यसअघि सन् २०१३ मा उनले ४९ दिनमा पदबाट राजिनामा दिएका थिए ।

ठिक एक वर्षअघि जनलोकपाल विधेयक पारित नभएपछि उनले राजिनामा दिएका थिए ।

सम्बन्धित खबरहरु