chhaupadi३ फागुन,गोरखा । जीवनज्योति उच्चमावि च्याङ्लीकी मीनु श्रेष्ठ दिउँसो पढ्दापढ्दै महिनावारी भइन भने शिक्षकसँग बिदा मागेर घर जाने गर्छिन । विद्यालयमा छात्रामैत्री शौचालय नहुँदा उनीमात्र होइन्, यहाँका अरु सामुदायिक विद्यालयका छात्रा पनि त्यसै गर्छन ।

छात्राको पढाइमा नियमितता होओस भन्ने उद्देश्यले शिक्षा विभागले हरेक विद्यालयमा छात्रामैत्री शौचालय बनाउन बर्सेनि करोडौं खर्चिरहेको छ । तर उक्त रकम तलबलगायत विभिन्न क्षेत्रमा खर्च गरिँदा जिल्लाका अधिकांश विद्यालयका छात्रा महिलाबारी हुँदा विद्यालय जानबाट बञ्चित हुने समस्या कायमै रहेको अन्नपूर्ण पोस्टमा खबर छ ।

विद्यालयमै महिनावारी भए तत्काल बिदा मागेर घर जाने गरेको छात्राहरु बताएँछन् । ‘ट्वाइलेट नै नभएको त हैन्,’ भैरवाश्रम उच्चमाजि फुजेलकी एलिजा दाहाल भन्छिन् ‘तर धेरै विद्यार्थी छन् । एउटा ट्वाइलेट छ । पानी हुँदैन, प्याडको त कुरै छोडौं । अनि घर नगई सुखै छैन् ।’

महिनाबारी हुने सबैजसो छात्रा यसरी नै र्फकने गरेको उनी बताउँछिन् । कोही पेट दुख्ने समस्याले पनि तत्काल घर र्फकने गरेका छन् ।

सम्बन्धित खबरहरु