एजेन्सी । इस्लामिक स्टेटले इराकको किरबुक शहरमा १७ कुर्दिशलाई पिजडामा बन्द गरेर र्यालि निकालेका छन् ।
उनीहरुलाई जोर्डनी पाइलट अलकसाबेहलाई जसैगरि जलाएर हत्या गरिएका खवरहरु सार्वजनिक भए पनि यसको स्वतन्त्र पुस्टि भएको छैन् ।
आइएसले शुक्रबार अवेर गरि सार्वजनिक गरेको टुइट तस्विरमा १७ जना युबकलाई पिंजडामा राखि मानिसहरुको भिड भाड क्षेत्रमा लगिदै थियो । उनीहरुलाई परेड पछि जलाएको हुनसक्ने अनुमान गरिएको छ ।
उक्त परेड दक्षिण पश्चिमको किरकुक को हावजा मा निकालिएको छ ।
१ मिनेट १७ सेकेन्डको भिडियोमा बन्दि बनाइएका युवाहरुका साथमा हतियारधारी आतंककारी समेत सवार थिए ।
इस्लामिक स्टेट तथा कुर्दिश युवाका बीच किरकुक शहरमा लामो समयदेखि संघर्ष चल्दै आएको छ ।