एजेन्सी । मेक्सिको अनाहुक नगरमा बस र रेल एक आपसमा जुध्दा भएको दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
घटनामा परि थप ३० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।घाइतेहरु मध्ये धेरैको अवस्था गंभिर रहेको जनाइएको छ ।
बसले बाटो पार गरि रेलमार्गमा पुग्दा उक्त दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।