ukraine protestएजेन्सी । युक्रेनमा आइतबारबाट सुरुहुन लागेको युद्धविरामको पूर्व सन्ध्यामा कम्तीमा १८ जनाको ज्यान गएको छ ।

विद्रोहीले द्वन्द्व जारी राखेका र त्यसमा परी शनिबार बिहानसम्ममा १८ जना मारिएका बताइएको छ । मारिनेमा सैनिक र सर्वसाधारण रहेका छन् । पूर्वी युक्रेनमा आक्रमण जारी रहेको छ ।

सो आक्रमणमा रसियाली सेनाको घुसपैठ रहेको युक्रेनले आरोप लगाएको छ ।तर यसको विगतदेखि नै रसियाले भने विरोध गर्ने गरेको छ । युक्रेनमा यही आइतबारदेखि युद्धविराम गर्ने भनिएको छ ।

बेलारुसको मिन्स्कमा गत बिहीबार सम्पन्न चार देशको संयुक्त सहमतिमा भएको सम्झौतामा युक्रेनमा युद्धविराम गर्ने भनिएको छ ।

युक्रेनमा वर्षदिनभन्दा लामो समयदेखि रसियाली भाषी युक्रेनी नागरिकले विद्रोह गर्दै आएका छन् ।

सो विद्रोमा परी पाँच हजार भन्दा बढीको ज्यान गइसकेको छ ।

सम्बन्धित खबरहरु