काठमाडौं । विश्वकप क्रिकेटका समूह चरणको पहिलो खेलमा अघिल्लो संस्करणको उपविजेता श्रीलंका आयोजक न्युजिल्याण्डसँग ९८ रनले पराजित भएको छ ।
शनिबार बिहान क्राइष्ट चर्चमा भएको खेलमा न्युजिल्याण्डले दिएको ३३२ रनको लक्ष्य पछ्याएको श्रीलंका ४६.१ ओभरमा २३३ रनमा अलआउट भयो ।
श्रीलंकाका लाहिरु थिरमानेले सर्वाधिक ६५ रन बनाए भने एन्जेलो म्याथयुजले ४६, कुमार सांगाकाराले ३९, तिलक रत्ने दिल्सानले् २४ रनको योगदान दिए ।
यस्तै रंगना हेराथले १३, दिमुथ करुणारत्नेने १४ र नुवान कुलसेकराले १० रन बनाउँदा माहेला जयबद्र्धने शून्य रनमा आउट भए ।
न्युजिल्याण्डका टिम साउथी, ट्रेन्ट बौल्ट, एडम मिल्ने, ड्यानियल भिटोरी र कोरी एण्डरसनले समान २–२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएका न्युजिल्याण्डले श्रीलंकालाई जितका लागि ३३२ रनको लक्ष्य दिएको छ । न्यूजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ३१ रनको विशाल योगफल बनाएको हो ।
न्यूजिल्यान्डका लागि कोरी एर्डसनले सर्वाधिक ७५ रनको योगदान गरे भने मार्टिन गुप्तिल ४९ रन जोडेर क्याच आउट । यस्तै ब्रेण्डम म्याकुलमले ६५, केन विलियमसन ५७ र रोस टेलर १४ रन बनाएर आउट भए भने ग्राण्ड एलिओटले २९ रन जोडे ।