aaglagiजनबोली/३ फागुन, मोरङ । मोरङको राजघाट गाविसका एक किसानको घरमा गएराति आगलागी हुँदा कम्तीमा पाँच लाख क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ

राजघाट–६ का भिमबहादुर राईको घरमा राति १० बजे आगलागी भएको थियो ।

आगलागीबाट ग्वँलीमा राखिएको को १५ प ५२९० नम्बरको एउटा मोटरसाईकल जलेर पूर्ण रुपमा क्षति भएको छ भने ४ वटा सुगुर र एउटा गाईको बाछो पनि जलेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

आगलागीबाट करिब ४ लाख ६३ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।

आगोलाई स्थानियबासी र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको थियो ।

सम्बन्धित खबरहरु