काठमाडौँ । नेपाल हस्तकला महासंघको आयोजनामा शनिबारदेखि महिला उद्यमी हस्तकला मेला सुरु भएको छ ।
काठमाडौको बसन्तपुरमा सुरु भएको मेलामा बिभिन्न ५० वटा स्टलहरु राखिएका छन् । मेलामा हस्तकला, धातुकला, चाँदीका गरगहना, फेल्टका सामान, उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना लगायतका सामाग्रीहरु रहेका छन् ।
महिला उद्यमी व्यवसायको विकासमा सहयोग पुर्याउने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ । हाल १० प्रतिशत महिलाहरुले उद्यमीको रुपमा सदस्यता लिई आफ्नो व्यापार व्यवसाय संचालन गरिरहेका छन् ।
हस्तकलाको आन्तरिक बजारमा करिब ८ अरब बराबरको खपत रहेको छ भने सोही रकमको हाराहारीमा विदेशमा निर्यात रहेको छ ।
अमेरिका,युरोपियन मुलुकहरु,चीन,भारत लगायत अन्य मुलुकहरुमा २५ भन्दा बढि बिभिन्न प्रकारका हस्तकला बस्तुहरुको निर्यात भई रहेको छ ।
मेलाको उद्घाटन गर्दे आपूर्ति मन्त्री सुनिल वहादुर थापाले स्वदेशी हस्तकलाको उत्पादनलाई प्रोत्साहन गर्दे निर्यातलाई बढावा दिने बताए । मेलाबाट महिला उद्यमीहरुको ब्यापार तथा उद्यमशिलता बढ्ने र स्थानीयस्तरमा बिक्री प्रवद्र्धन हुनुका साथै अन्तराष्ट्रिय बजारमा समेत निकासी बढ्ने अपेक्षा गरिएको आयोजकको भनाई छ ।
मेलामा ५० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ ।मेला आगामी चार गते सम्म चल्ने छ ।