Australia-team-squad-for-icc-world-cup-2015जनबोली/३ फागुन, काठमाडौं ।आयोजक अस्ट्रेलियाले विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । मेलबर्नमा शनिबार भएको खेलमा अस्ट्रेलियाले इङल्याण्डमाथि १११ रनको जित हात पारेको हो ।

अस्ट्रेलियाले दिएको ३४३ रनको विशाल लक्ष्य पछ्याएको इङल्याण्ड ४१ दशमलव ५ ओभरमा २३१ रनमा अलआउट भयो ।

इङल्याण्डका लागि जेम्स टैलरले सर्वाधिक ९८ रन बनाए भने, क्रिस ओक्सले ३७, इयान बेलले ३६ रनको योगदान दिएपनि अन्य ब्याट्सम्यानहरुले उल्लेख्य प्रदर्शन गर्न नसक्दा पराजित भएको हो ।

अस्ट्रेलियाका माइकल मार्सले सर्वाधिक ५ तथा माइकल स्टार्स र मिचेल जोन्सनले २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३४२ रन बनाएको थियो । अस्ट्रेलियाका आरोन फिन्चले जारी प्रतियोगिताकै पहिलो शतक प्रहार गर्ने क्रममा १५८ बलको सामना गर्दैै १३५ रन बनाए ।

यसैगरी ग्लीन म्याक्सवेलले ६६, जर्ज बेलीले ५५, ब्राड हाडिनले ३१, मिचेल मार्सले २३ र डेभिड वार्नरले २२ रनको योगदान गरे ।

सम्बन्धित खबरहरु