जनबोली/२ फागुन, पोखरा । चिर प्रतिद्वन्दी मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै थ्रीस्टार क्लबले पोखरमा सम्पनन तेह्रौ आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार भएको फाइनल खेलमा थ्रीस्टारका लागि २२ औं मिनेटमा सन्तोष साहुखलले गरेको गोल नै निर्णायक बन्यो ।
उपाधि विजेता थ्री स्टारले तीन लाख ५१ हजार प्राप्त गर्यो भने उपविजेता मनाङले दुई लाख एक हजार रुपैयाँमा चित्त बुझायो ।