nepse feb 14काठमाडौँ । गत साता ओरालो लागेको नेप्से यो साता पनि सकारात्मक हुन सकेन ।गत साता ७.२२ अङ्कले घटेको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १.५१ अङ्कले घटेको हो ।

यो साताको अन्तिम दिन ९८४.५१ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । त्यसैगरी, गत साताजस्तै यो साता पनि कारोबारमा कमी आएको छ । गत साता कारोबार रकममा ५१.५० प्रतिशतले कमी आएको थियो भने यो साता १८.१४ प्रतिशत कमी आएको हो ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १७० कम्पनीका १२ हजार ८६२ कारोबारबाट रु एक अर्ब ४३ करोड सात लाख ४० हजारबराबरका रु ३४ लाख आठ हजार ४०० कित्ता सेयर खरिद बिक्री भएका छन् ।

समूहगत परिसूचकमा यो साता वाणिज्य बैंक, होटल, जलविद्युत् र अन्य समूहको परिसूचकमा कमी आएको छ भने व्यापार समूहको कुनै कारोबार भएको छैन ।

यस साता रु सात करोड ८७ लाख ५० हजारको कारोबार गरेर प्रभु बैंक अग्रस्थानमा रहेको छ भने रु दुई लाख ५३ हजार कित्ता सेयर कारोबार गरेर प्रभु बैंक नै अगाडि भएको छ ।

सम्बन्धित खबरहरु