larkyal lamaजनबोली/३ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादीका सभासद ल्यारक्याल लामाले आज पद तथा गोपनियताको सपथ लिने भएका छन् ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङको कार्यकक्ष सिंहदरवारमा मध्याहृन १२ बजेपछि सपथ हुनेछ ।

एमाओवादीको सिफारिसमा निर्वाचन आयोगले माघ २७ गते लामालाई सभासद नियुक्त गरेको थियो । शम्भु पासवान हजारीको सभासद पद सर्वोच्च अदालतले खारेज गरेपछि एमाओवादीले लामालाई सिफारिस गरेको थियो ।

विवादास्पद छवी भएका लामालाई सभासद बनाएपनि एमाओवादीभित्र समेत तिव्र असन्तुष्ट देखिएको छ । तर, माओवादी नेतृत्वले भने लामालाई विज्ञ व्यक्तिका रुपमा सभासद् बनाएको स्पष्टिकरण दिएको छ ।

सम्बन्धित खबरहरु