क्वेटा (पाकिस्तान) २ फागुन । दक्षिणपश्चिम पाकिस्तानको उच्च अदालतका एक न्यायाधीस शनिबार बम आक्रमणबाट बचेका अधिकारीहरुले जानकारी दिएका छन् ।
सो घटना बलुचिस्तान प्रान्तको नाअस्की जिल्लामा भएको थियो । बलुचिस्तान उच्च अदालतका प्रमुख न्यायाधीस नूरमुहमद मुस्कान्जाई आफनो गृहनगर खरान जिल्लाबाट प्रान्तीय राजधानी क्वेटातर्फ फर्किरहेका बेलामा सो घटना भएको जनाइएको छ ।
नाअस्की पुलमा योजना गरिएको विस्फोटक पदार्थ प्रधान न्यायाधीस र उनका समूह सवार रहेका सवारी साधन पार गरिसकेपछि विस्फोटन भएको प्रान्तीय गृह सचिव अक्बर डुरानीले एएफपी समाचार समितिलाई बताएका थिए ।
प्रधान न्यायाधीस यस घटनाबाट बाँच्न सफल भएको डुरानीले बताएका हुन् । स्थानीय प्रशासन प्रमुख अधिकारी काम्बर दास्तीले पनि यस घटनाको पुष्टि गरेका छन् ।
यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन ।