ind vs pakजनबोली/३ फागुन, काठमाडौं । जब भारत र पाकिस्तान क्रिकेट मैदान उत्रन्छन्, त्यो केबल एक खेलमा मात्र सिमित रहँदैन ।

झन विश्वकपमा हुने भिडन्त अरबौं क्रिकेटका फ्यानहरुहरुका लागि निकै ठूलो प्रतिक्षाको विषय हुने गर्छ ।

सन् १९४७ मा भारतको विभाजन भएपछि पाकिस्तान र भारतले अहिलेसम्म ३ पटक एकअर्का बिरुद्ध युद्व लडेका छन् ।

अन्तराष्ट्रिय क्रिकेटमा भने पहिलो पटक सन् १९५२ मा भिडेका थिए । अहिलेसम्म पाकिस्तानले भारतलाई ७२ पटक पराजित गरेको छ भने भारतले मात्र ५० पटक नतिजा आफ्नो पक्षमा पारेको छ ।

चिरप्रतिद्वन्द्वी दुई टीम विश्वकपमा भने ५ पटक भिडेका छन् र पाँच वटै खेलमा पाकिस्तान पराजित भएको छ ।

सन् २०११ मा भारतको मोहालीमा भएको सेमिफाइनलको खेल अन्य भन्दा निकै रोमान्चक बनेको थियो ।

टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले ९ विकेटको क्षतिमा २६० रन बनायो । पाकिस्तान भने २३१ रनमै समेटिएको थियो । जुन विश्वकपमा भारत च्याम्पियन नै बन्न सफल भयो ।

यो विश्वकपमा भारतका लागि बिराट कोहली, रोहित सर्मा र भुबनेश्वर कुमारलाई ‘कि प्लेअर’को रुपमा हेरिएको छ । पाकिस्तानको टीममा भने साहिद अफि्रदी, अहमद शेहजाद, मिस्बाह उल हक छन् ।

पाकिस्तान विरुद्धको खेलमा भारतका लागि महेन्द्र सिंह धोनीले अहिलेसम्म २ शतक र ९ अर्ध सतक सहित १२०८ रन बनाएका छन् ।

पाकिस्तानका सहिद अफि्रदीले २ शतक र ४ अर्ध शतक सहित सवार्धिक १५०२ रन बनाएका छन् । अलराउण्डर अफ्रिदीले ३८ विकेट पनि लिएका छन् ।

सन् १९९२ : भारत ४३ रनले विजयी @ सिड्नी

सन् १९९६ : भारत ३९ रनले विजयी @ बेङलोर

सन् १९९९ : भारत ४७ रनले विजयी @ म्यान्चेस्टर

सन् २००३ : भारत ६ विकेटले विजयी @ सेन्चुरियन

सन् २०११ : भारत २९ रनले विजयी @ चण्डिगढ

सम्बन्धित खबरहरु