Thomas-Muller-celebrationजनबोली/३ फागुन, काठमाडौं । जर्मन लिग बुन्डेसलिगामा लिग लिडर बार्यन म्युनिखले हामबर्गमाथि गोलको वर्षा गरेको छ ।

शनिबार राति भएको खेलमा बार्यन म्युनिखले हामबर्गलाई ८–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान एलिनाज एरिनामा पहिलो हाफमा तीन गोल गोल गरेको बार्यनले दोस्रो हाफमा पाँच गोल गरेको थियो । उसका पाँच खेलाडीले गोल गरे ।

२१ औं मिनेमा थोमस मुलरले गोलको खाता खोले । त्यसको दुई मिनेटमा नै मारियो गोट्जेले गोल गरे । ३६ औं मिनेटमा आर्जेन रोबिनले गोल गरेपछि बार्यन म्युनिख पहिलो हाफमा तीन गोलको अग्रता लिन सफल भयो ।

 Arjen rubenएक पक्षीय खेलको दोस्रो हाफको ४७ औं मिनेटमा रोबिनले ब्यक्तिगत दोस्रो गोल गरे भने ५५ औं मिनेटमा मुलरले पनि दोस्रो गोल गरे ।

त्यसको एक मिनेट वित्न नपाउँदै रोबर्टो लेभान्डोस्कीले गोल गर्दै बार्यनलाई ६–० को अग्रता दिलाए । ६९ औं मिनेटमा फ्राङ्क रिबेरी तथा ८८ औं मिनेटमा गोट्जेले गोल गर्दै बार्यनलाई ८–० को जित दिलाए ।

जितपछि बार्यन म्युनिख २१ खेलबाट ५२ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको वेल्फबर्गको समान खेलबाट ४४ अंक छ ।

सम्बन्धित खबरहरु