realmadrid vs deportiva३ फागुन, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले चार अंकको अग्रता कायम गरेको छ ।

शनिबार राति भएको खेलमा रियल मड्रिडले डिपोर्टिभोलाई २–० गोल अन्तरले पराजित गरेको छ । २२ औं मिनेटमा इस्कोको गोलबाट अग्रता लिएको रियलका लागि ७३ औं मिनेटमा करिम बेन्जिमाले गोल गरे ।

जितपछि रियल मड्रिडको २३ खेलबाट ५७ अंक भएको छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको ५३ अंक छ र उसले एक खेल कम खेलेको छ ।

सम्बन्धित खबरहरु