जनबोली/३ फागुन, ललितपुर । नेपाल तामाङ घेदुङ ललितपुर जिल्ला अधिवेसनले मानबहादुर तामाङको अध्यक्षतामा २७ सदसस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
ललितपुरको चापागाउँमा सम्पन्न ८ औं जिल्ला अधिवेसनले नयाँ कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा बुद्ध नेगि र प्रेम तामाङ, सचिवमा साईंला तामाङ र कोषाध्यक्षमा सन्तलाल तामाङ चयन भएका छन् ।
नेपाल तामाङ घेदुङको आठौं केन्द्रीय महाधिवेसन आउँदो चैतको अन्तिम साता चितवनमा हुदैछ ।