आज ‘मेघ गर्जनसहित पानी पर्ने र हिमपात हुने’

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ३ फाल्गुण, २०७१

meghपर्सिदेखि मौसम सफा हुने अनुमान

जनबोली/३ फागुन, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लाको मौसममा बदली भएको छ ।

पूर्वी, मध्ये र पश्चिम क्षेत्रका केही जिल्लामा मेघ गर्जनसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली जिल्लाहरुमा भने हिमपात हुने मौसमविद सुवास रिमालले जानकारी दिए ।

केही दिनदेखि काठमाडौंको उपत्यकामा बादल लागेकोले चिसो बढेको छ । मौसमविद रिमालका अनुसार यो अवस्था भोलीसम्म पनि जारी रहने छ ।

पर्सिदेखि मौसममा सुधार आउने अनुमान गरिएको छ । पानी नपरेसम्म मौसम सफा नहुने मौसमविदको भनाइ छ ।

सम्बन्धित खबरहरु